Posts

Showing posts from November 20, 2020

Smart recruitment service with CRM in Nepal

Image
राेजगारदाताले राेजगारीकाे विज्ञापन अनलाईन पाेर्टलमा राखेपछी ईच्छुक उम्मेदवारले अप्लाई गरे पश्चात् आवेदन प्राप्त भयाे भएन तथा थप प्रकृयाकाे लागि राेजगारदाताबाट उम्मेदवारहरूलाई कुनै जानकारी गराउने नगरेकाे गुनासाे कतिपय आवेदनकर्ताबाट सुनिने गरेकाे पाईन्छ ।  जागीर खाेज्नेे क्रममा देखिएकाे एउटा प्रमुख समस्या भनेकाे राेजगारदाताकाे तर्फबाट जागीरकाे लागि आवेदन दिएका उम्मेदवारलाई गराउनु पर्ने जानकारी नगराउनु  हाे।  आवेदन दिने उम्मेदवारकाे आवेदन प्राप्त भयाे भएन, प्राप्त भएकाे हाे भने आगामी प्रक्रियाकाे लागि कहिले कुन स्थानमा सम्पर्क गर्ने जस्ता जानकारीहरू राेजगारी खाेज्नेका लागि निकै महत्वपूर्ण तथा सँवेदनशील रहन्छ ।  तर, नेपाल लगायत अधिकांश स्थानमा राेजगारदाताले उपलब्ध गराउनु पर्ने यस किसिमका सूचना प्रेषित गर्नेतर्फ संवेदनशील रहेकाे देखिदैन। यसले गर्दा एकातिर सूचनाकाे हकबाट वंचित हुन पुगेका उम्मेदवारमा राेजगारदाताकाे ढिलासुस्ती प्रति आक्राेश उत्पन्न हुन्छ भने अर्काेतिर राेजगारदाताकाे ख्यातिमा समेत नकरात्मक प्रभाव परिरहेकाे हुन्छ ।  जब पाेर्टलहरूमा धेरै कम्पनीहरूले ताेकिएकाे समयकाे लागि राेजगारी