Smart recruitment service with CRM in Nepal

effective communication

राेजगारदाताले राेजगारीकाे विज्ञापन अनलाईन पाेर्टलमा राखेपछी ईच्छुक उम्मेदवारले अप्लाई गरे पश्चात् आवेदन प्राप्त भयाे भएन तथा थप प्रकृयाकाे लागि राेजगारदाताबाट उम्मेदवारहरूलाई कुनै जानकारी गराउने नगरेकाे गुनासाे कतिपय आवेदनकर्ताबाट सुनिने गरेकाे पाईन्छ ।  जागीर खाेज्नेे क्रममा देखिएकाे एउटा प्रमुख समस्या भनेकाे राेजगारदाताकाे तर्फबाट जागीरकाे लागि आवेदन दिएका उम्मेदवारलाई गराउनु पर्ने जानकारी नगराउनु  हाे। 

आवेदन दिने उम्मेदवारकाे आवेदन प्राप्त भयाे भएन, प्राप्त भएकाे हाे भने आगामी प्रक्रियाकाे लागि कहिले कुन स्थानमा सम्पर्क गर्ने जस्ता जानकारीहरू राेजगारी खाेज्नेका लागि निकै महत्वपूर्ण तथा सँवेदनशील रहन्छ । 

तर, नेपाल लगायत अधिकांश स्थानमा राेजगारदाताले उपलब्ध गराउनु पर्ने यस किसिमका सूचना प्रेषित गर्नेतर्फ संवेदनशील रहेकाे देखिदैन। यसले गर्दा एकातिर सूचनाकाे हकबाट वंचित हुन पुगेका उम्मेदवारमा राेजगारदाताकाे ढिलासुस्ती प्रति आक्राेश उत्पन्न हुन्छ भने अर्काेतिर राेजगारदाताकाे ख्यातिमा समेत नकरात्मक प्रभाव परिरहेकाे हुन्छ । 

जब पाेर्टलहरूमा धेरै कम्पनीहरूले ताेकिएकाे समयकाे लागि राेजगारीकाे विज्ञापन खुलाएका हुन्छन । जागीर खाेज्ने क्रममा यस्ता जब पाेर्टलमार्फत राेजगारीकाे लागि ईच्छुक उम्मेदवारहरूले जबकाे लागि अप्लाई गरेका हुन्छन । ताेकिएकाे समय पश्चात् कम्पनीहरूले जब अप्लाई गरेका उम्मेदवारहरूलाई सर्ट लिस्टिङ्ग गरी अन्तरवार्ताकाे लागि बाेलाउनु पर्ने हुन्छ । सर्ट लिस्टिङ्गमा नपरेकालाई साे सम्बन्धी र परेकालाई अन्तरवार्ताका लागि ताेकिएकाे समय र स्थानमा उपस्तिथीकाे लागि समयमै जानकारी गराउने र अन्तरवार्ताबाट छानिएका वा नछानिएकालाई साे सम्बन्धी जानकारी समयमा गराउने क्रममा  धेरै राेजगारदाताले ध्यान दिएकाे देखिदैन ।

राेजगारदाता र राेजगारी खाेज्ने उम्मेदवारका वीच प्रभावकारी सञ्चारकाे आवश्यकतालाई मनन गरि ट्यालेन्ट कनेक्टसले नेपालमा Smart recruitment software काे शुरूआत गरेकाे छ । यसमा राेजगारदाताले प्राप्त भएका आवेदनमध्ये कसलाई स्विकार गर्याे र कसकाे आवेदन अस्वीकृत गर्याे साे सम्बन्धी नाेटीफिकेशन उम्मेदवारलाई पठाउन सक्छन । त्यसैगरी छानिएका उम्मेदवारलाई अन्तरवार्ताकाे लागि उपस्थित हुन म्यासेज पठाउन सक्छन । यसले गर्दा राेजगारीकाे आवेदन गर्ने उम्मेदवारले आफ्नाे आवेदनकाे अवस्था आफे हेर्न सक्छन । तिनकाे आवेदन स्वीकार भयाे भएन, स्वीकार भयाे भने अन्तरवार्ताकाे लागि कहाँ र कहिले उपस्थित हुने, अन्तरवार्ता पश्चात् नियुक्तीका लागि छनाैट भए भएनन जस्ता जानकारीहरू ट्यालेन्ट कनेक्टसकाे व्यक्तिगत ड्यासबाेर्डबाटै सजिलै थाहा पाउन सक्छन । तसर्थ राेजगारी पाउनकाे लागि तथा आफ्नाे संस्थाकाे लागि कर्मचारी खाेज्न ट्यालेन्ट कनेक्टस नै राेजाै । थप जानकारीकाे लागि ट्यालेन्ट कनेक्टसकाे तलकाे बेबसाईटमा हेर्नुहुन अनुराेध छ ।

source: https://talentconnects.com.np

Comments

Popular posts from this blog

Some tips for getting a job with no experience.

How do I start content writing?